
वर्षा र बाढीका कारण हुने जोखिम न्युनिकरण गर्न भन्दै विपद व्यवस्थापन समितिले कमला नदि नियन्त्रण आयोजनालाई जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यविधि २०७३ अनुसार तुरुन्त कार्य सुरु गरि वर्षा अगाडि नै सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको हो ।
कमला नदीको दुधौली नगरपालिका भित्र वडा नं. १ को मरलाहि मुखमा, वडा नं. ३ को तल्लो खुट्टेपानी, वडा नं. १ र ४ को घाटगाउँ डकाहा बजार बचाउ, वडा नं. ५ को घारीथुन्सी, वडा नं. ६ को जगारी पुलको तल, वडा नं. ९ को छतिवन गाछि, वडा नं. ११ को हरकट्टा दोभान, मधुवनी, पत्रिंगा टाँडी कमला पुल मुनी नियन्त्रण गर्न निर्देशन दिने निर्णय भएको छ ।
यस्तै कमलामाई नगरपालिका वडा नं. ८ को सिस्नेरीका विभिन्न ठाउँ, वडा नं. ९ को पुलभन्दा माथि, वडा नं. १० को भिमान खोला देखि कोरुङ खोलासम्म र अन्य स्थानमा धनजनको क्षती हुने अवस्थालाई हेरी तटबन्ध गर्न निर्देशन दिने निर्णय गरिएको हो ।



















