सिन्धुली । गोलञ्जोर गाउँपालिकाले हावाहुरीका कारण भएको क्षतिको विवरण संकलन गर्ने भएको छ । जसका लागि गाउँपालिकाका उपाध्यक्ष गंगादेवी श्रेष्ठको संयोजकत्वमा क्षतीको विवरण संकलन समिति गठन गरेको हो ।

उक्त समितिले केहि दिन अघि हावाहुरीका कारण गोलञ्जोर ३ ग्वालटारमा रहेको क्वारेन्टाईनको छाना उडाएकोले त्यसलाई व्यवस्थित गर्न तत्काल छानो हाल्ने काम गरिने भएको छ ।
जसका लागि गाउँपालिकाको इन्जिनियरलाई लागत स्टमेट तयार गर्न लगाई मर्मत तथा घेराबेराको काम थालिने पनि बैठकले निर्णय गरेको छ । उक्त क्वारेन्टाईन मर्मतका लागि विपद व्यवस्थापन कोषबाट खर्च गर्ने समेत भएको गाउँपालिकाले जनाएको छ ।



















