सिन्धुली । सिन्धुलीमा सञ्चालिन केहि सहकारीहरुले सहकारीमा काम गर्ने कर्मचारीको कोरोना विमा गरेका छन । सिन्धुलीमाढीलाई कार्य क्षेत्र बनाएर सञ्चालित बचत तथा ऋण सहकारीहरुले कर्मचारीहरु सहकारीमा काम गर्दा जोखिममा पर्न सक्ने भएको भन्दै उनीहरुको स्वास्थ्य सुरक्षा स्वरुप विमा गरिएको जनाएका छन ।
जिल्लाका मिलीजुली बचत तथा ऋण सहकारी संस्था, सहकार्य बचत तथा ऋण सहकारी संस्था, सिन्धुली एकता बचत तथा ऋण सहकारी संस्था, ओम बचत तथा ऋण सहकारी संस्था, सिन्धु बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारीहरुको विमा गरेको जनाएका छन ।
कोभिड १९ को जोखिम मोल्दै वित्तिय कारोबार चलाईरहेका जिल्लाका सहकारीहरुले लकडाउनका अवसरमा कारोवार सञ्चालन गर्ने कर्मचारीको कोरोना विमा गरिएको जनाएका छन ।
उनीहरुले प्रति कर्मचारी एक लाख बराबर विमांकको विमा गरेको जनाएका छन । जिल्लाका सहकारीहरुले लकडाउनको समयमा दैनिक विहान १० बजेदेखि २ बजेसम्म सेवा सञ्चालन गरिरहेका छन ।




















