सिन्धुली । केहि समय अघि क्वारेन्टाईन स्थल बनाईएको भु तथा जलाधार कार्यालयमा कोभिड १९ परिक्षणका लागि आरटिपिसिआर मेसिन सहितको ल्याव राखिने भएको छ । बाग्मति प्रदेशको सामाजिक विकास मन्त्रालयले कोभिड १९ परिक्षणका लागि आरटिपिसिआर मेसिन सिन्धुली अस्पताललाई उपलब्ध गराउने भएको र त्यसको उचित व्यवस्थापन नभएकाले ल्याव स्थापना हुन सकेको थिएन ।

यस्तै बैठकले जिल्ला सदरमुकामा आइसोलेसनको संख्या बढाएर ५० वेड बनाउने र क्वारेन्टाईनको संख्या सबै स्थानीय तहमा थप्ने निर्णय गरेको छ । जिल्लाका २ नगरपालिका कमलामाई र दुधौलीमा ५÷५ सय बेडको क्वारेन्टाईन निर्माण गर्ने र ७ वटा गाउँपालिकामा ३÷३ सय वेडका क्वारेन्टाईन तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।

स्वास्थ्य सामग्री माग गर्ने निर्णय
प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला संकट व्यवस्थापन केन्द्रका अध्यक्ष योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले जिल्लामा कोरोना परिक्षणका लागि चाहिने आवश्यक स्वास्थ्य सामग्रीको आपूर्तिका लागि सामाजिक विकास मन्त्रालय बाग्मति प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको छ । तत्कालका लागि ५ सय थान पिपिई, २ हजार थान आरडिटी किट्स र १ हजार थान भिटिएम किटस उपलब्ध गराईदिन माग गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले आरटिपिसिआर ल्याव सिन्धुलीमा सञ्चालन नभईसकेको अवस्थामा स्वाव संकलन गरि काठमान्डौ, हेटौडा प्रयोगशालामा पठाउँदा लाग्ने खर्च सम्बन्धित स्थानीय तहले व्यवस्था गर्ने समेत निर्णय गरेको छ । केहि दिन देखि सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलले खर्चको भार व्यवस्थापन गर्न अस्पतालले नसक्ने अवस्थामा पुगेको भन्दै सहयोगका लागि अपिल गरेका थिए ।



















