सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले गणतन्त्र दिवस तीन दिन घरमै दिपावली गरि मनाउन अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी रिद्धि प्रकाश सिटौलाले जारी गरेको सूचनामा जेठ १४, १५ र १६ गते साँझ सबैलाई दिपावली गर्न अनुरोध गरेका हुन । उक्त सूचनामा सबैलाई सुरक्षित रहन र कोभिड १९ नियन्त्रणमा सहयोग गर्न अनुरोध समेत गरिएको छ ।



















