
विहान करिब ९ बजेतिर रातामाटामा रहेको मोहन सापकोटाको घर ढलान गर्ने क्रममा चट्याङ पर्दा कमलामाई नगरपालिका ४ देउरालीटारका ४२ वर्षिय वासुदेव सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी श्याम बहादुर खत्रीले बताए ।
उनका अनुसार चट्याङको झड्काले तीन तलामाथि खसेर घाइते भएका खड्काको सिन्धुली अस्पतालमा उपचारका लागि लादै गर्दा मृत्यु भएको हो । अस्पताल पुग्नासाथ सापकोटालाई अस्पतालले मृत्यु घोषणा गरेको थियो ।




















