सिन्धुली । सिन्धुलीबाट मंगलबार कोरोना परिक्षणका लागि पठाईएका स्वाव मध्ये नतिजा आउन बाँकी रहेका ३ जनाको आरटिपिसिआर रिपोर्ट आएको छ । उनीहरुको रिपोर्ट नेगेटिभ आएको सिन्धुली अस्पतालले जनाएको छ ।
मंगलबार ५० जनाको थ्रोट स्वाव पठाइएका मध्ये ४७ जनाको रिपोर्ट बुधबार आएको थियो भने ३ जनाको विहिबार रिपोर्ट आएको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्नजंग राजभण्डारीले बताएका छन ।
यस्तै बुधबार ७ जनाको स्वाव परिक्षणका लागि प्रादेशिक अस्पताल हेटौडामा पठाईएको छ । पठाईएका स्वावको रिपोर्ट शुक्रबारसम्म आउने पनि डा. राजभण्डारीले बताएका छन ।




















