सिन्धुली । सिन्धुली अस्पतालले आरटिपिसिआर विधिबाट कोरोना भाईरस परिक्षणका लागि मंगलबार थ्रोट स्वाव पठाईएका मध्ये ४७ जनाको रिपोर्ट आएको छ । 
अस्पतालले मंगलबार ५० जनाको स्वाव परिक्षणका लागि प्रादेशिक अस्पताल हेटौडामा पठाएको थियो ।
बाँकी ३ जनाको रिपोर्ट मंगलबार ढिलो गरि स्वाव पठाईएकाले विहिबार मात्र आउने सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्नजंग राजभण्डारीले बताएका छन । सिन्धुलीमा फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, नागरिकहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरुको परिक्षणमा २७ जनाको आरडिटी परिक्षणको नतिजा पोजेटिभ आएपछि ५० जनाको स्वाव संकलन गरि पिसिआर परिक्षणका लागि पठाईएको थियो ।



















