सिन्धुली । भक्तपुरमा मंगलबार कोरोना संक्रमण भेटिएकी २५ वर्षिय युवतिका आफन्तको आरटिपिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको छ । कोरोना परिक्षणका लागि सिल गरिएको घरमै पुगेर स्वाव संकलन गरिएको हो ।
ती महिलाको सम्पर्कमा रहेका १० जनाको स्वाव संकलन गरिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए । स्थानीय प्रशासनले ती महिलाका आफन्तको घर र उनको आसपासमा रहेका अन्य ४ घर गरी ५ घरमा बुधबार सिल गरेको थियो ।
शिल गरिएका घरमा बस्दै आएका १९ जनालाई होम क्वारेन्टाईनमा राखेको थियो । उनीहरुमध्ये ती युवतिको आफन्तका परिवार ८ जना र धुनषामा भेटिएका संक्रमितसँग सम्पर्कमा रहेका २ जनाको थ्रोट स्वाव संकलन गरिएको गरिएको शाहले जानकारी दिएका छन । उक्त स्वाव शुक्रबार विहानै परिक्षणका लागि हेटौडा पठाईने भएको छ ।
सिन्धुली अस्पतालको प्राविधिक सहयोग तथा स्वास्थ्य कार्यालय सिन्धुलीको समन्वयमा स्वाव संकलन गरिएको शाहले जानकारी दिएका छन । संक्रमितहरुको नजिक रहेकाहरुको स्वाव संकलन गरिएको शाहले जानकारी दिएका छन ।





















