
विहिबार एक सार्वजनिक सूचना जारी गर्दै वडामा कुनै पनि पालिका तथा वडाहरुबाट समेत नागरिकलाई प्रवेशमा रोक लगाएको हो ।
वडासँग सिमाना जोडिएको कमलामाई नगरपालिका वडा नं. ९ भिमानमा बुधबार कोरोना संक्रमितले आफन्तकोमा खाना खाएको खुलेपछि स्थानीय प्रशासनले ५ घर सिल गरेको थियो । वडामा संक्रमण हुन सक्ने भन्दै उक्त वडाले वडा बाहिरबाट मानिस आउन रोक लगाएको हो ।
वडाध्यक्ष रामहरि ढुंगेलले सूचना जारी गरि जेठ १ गतेबाट लागु हुने गरि आवागमन रोक लगाएको जनाएका छन ।
यस्तै वडाले जुवातास खेल्न, जाँड रक्सि विक्री वितरण गर्न, अत्यावश्यक काम बाहेक घर बाहिर जान रोक लगाएको छ ।




















