सिन्धुली । कमलामाई नगरपालिकाको शिक्षा शाखालेले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई शैक्षिक सत्र २०७६ को सबै कक्षाको नतिजा सञ्चारमाध्यमहरुको प्रयोग गरि सार्वजनिक गर्न अनुरोध गरेको छ । आइतबार नगरभित्रका सबै विद्यालयहरुलाई पत्राचार गर्दै नगरपालिकाले उक्त अनुरोध गरेको हो ।

शाखा प्रमुख शंकरराज लुईटेलद्वारा हस्ताक्षरित पत्रमा रेडियो, टेलिभिजन, पत्रपत्रिका, विद्यालयको आधिकारीक वेभसाईड, फेसवुक पेज, ग्रुप म्यासेज लगाएतको प्रयोग गरि रिजल्ट सार्वजनिक गर्न अनुरोध गरेको हो ।
साथै आफ्ना विद्यालयका सबै शिक्षकलाई विद्यार्थीको रिजल्ट उपलब्ध गराउने र शिक्षकको मोवाईल नम्बर समेत सार्वजनिक गरि विद्यार्थीको पहुँच पुग्ने गरि रिजल्ट सार्वजनिक गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ ।




















