
सिन्धुली । सिन्धुली अस्पतालमा भेन्टिलेटर सहित आइसियु कक्ष निर्माण गरिने भएको छ । संघिय सरकारको सहयोगमा अस्पतालमा ३ वेडको आइसियु निर्माण हुने भएको हो । जसका लागि सोमबार बोलपत्र आह्वान गरिएको छ ।
सिन्धुली अस्पताललाई कोरोना उपचार अस्पतालका रुपमा विकास गर्नका लागि संघिय सरकारको एक करोड लगानीमा आइसियु निर्माण गर्न लागिएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले बताए ।
कोरोना उपचारका लागि उक्त आसियु निर्माण गर्न थालिएको पोखरेलले बताए । सिन्धुुली अस्पताललाई कोरोना उपचार अस्पतालका रुपमा विकास गर्न सरकारले १ करोड बजेट विनियोजन गरेको थियो ।




















