सिन्धुली । कमलामाई नगरपालिकाका आइटि इन्जिनियर (सूचना प्रविधि अधिकृत) निर्मल लामाले आफ्नो जन्मदिनको अवसरमा सिन्धुली अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन ।

लामाले जन्मदिनमा हुने अनावश्यक फजुल खर्च कटौती गरेर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको बताए ।
सिन्धुली अस्पताल बिकास समितीका अध्यक्ष प्रलाद कुमार पोखरेलले जन्मदिनको अवसरमा अस्पताललाई अति आवश्यक सामग्रीहरु सहयोग गरेकोमा आभार ब्यक्त गरे । फजुल खर्चलाई मानवीय सेवामा खर्च गरेको र अस्पताललाई संकटको बेलामा ठूलो सहयोग पुगेको उनले बताए ।




















