सिन्धुली । तिनपाटन गाउँपालिका भित्र चार दिनमा २९० जना भित्रिएका छन । गाउँपालिकाले गाउँपालिकाको मुख्य नाका झार्लाङटारबाट मात्रै २९० जना भित्रिएको जनाएको छ । गाउँपालिकाले केहि दिनदेखि झार्लाङटारमा हेल्थ डेक्स मार्फत नाका भित्रने मानिस र सवारी साधनलाई चेकजाँच गरिरहेको छ ।
गाउँपालिकाको फेसवुक पेज मार्फत दिइएको जानकारी अनुसार काठमान्डौबाट ६४ जना, सिन्धुली सदरमुकामबाट १७१ जना र अन्य जिल्लाबाट ५५ जना गाउँपालिका भित्रिएको जानकारी दिईएको छ ।
गाउँपालिकामा भित्रने क्रम बढेसँगै पालिकाले स्वास्थ्य जाँचका साथै अन्य चेकजाँच गरि रेकर्ड समेत राखेको थियो । २०७६ चैत २९ देखि २०७७ बैशाख २ गतेसम्ममा तिनपाटनमा पास सहितका ९२ सवारी साधान समेत प्रवेश गरेका छन ।





















