सिन्धुली । सिन्धुलीका इन्जीनियरहरुले सिन्धुली अस्पताललाई सोमबार ‘कोरोना टेष्ट बुथ’ बनाई सहयोग गरेका छन । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीलाई सुरक्षित गरि विरामीको कोरोना परिक्षण गर्नका लागि उक्त वुथ उपलब्ध गराएका हुन ।


इन्जिनियर फोरमको तर्फबाट कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेललाई बुथ, बुथमा प्रयोग गर्न मिल्ने ५ थान ग्लोब्स तथा पिपिई हस्तान्तरण गरेका छन ।
बुथमा सोमबार नै ३ जनाको कोरोना परिक्षण गरिएको छ । पर्साबाट सिन्धुली आएका ३ जना पुरुषको कोरोना परिक्षण गरिएको सिन्धुली अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनीहरुको द्रुत परिक्षण किट्स मार्फत कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका डा. प्रसन्न राजभण्डारीले बताए ।




















