सिन्धुली । सिन्धुली अस्पतालमा भर्ना भएका दुधौली नगरपालिका वडा नं. ६ का २१ वर्षिय युवाको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार ज्वरो आएपछि उनी सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए ।
उनी केहि दिन अघि भारतको उत्तराखण्डबाट आएका थिए । उनीसँग सिन्धुलीमा कोरोना परिक्षण गरिएका ७ जना भए । कोरोना परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको सिन्धुली अस्पतालका डा. प्रसन्न राजभण्डारीले बताए । उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको भण्डारीले बताए ।उनको कोरोना परिक्षण हेटौडामा गरिएको थियो ।




















