सिन्धुली । कमलामाई नगरपालिकाले नगर क्षेत्रमा दैनिक अत्यावश्यक सामग्रीमा मुल्य वृद्धि भएको गुनासो आएपछि अनुगमन सुरु गरेको छ । नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाको संयोजकत्वमा जनप्रतिनिधिहरु, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रतिनिधि, उद्योग वाणिज्य सघंका प्रतिनिधि, खाद्य तथा प्रविधि गुणस्तर नियन्त्रण कार्यालय सिन्धुलीका प्रतिनिधि, पत्रकार महासंघका प्रतिनिधि सहितको उपस्थितिमा सिन्धुलीमाढीका खाद्यान्न पसल, तरकारी पसल, कृषि उपज बजार, किराना पसल, डेरी उद्योगहरु लगायतमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा तरकारीमा केहि मुल्य वृद्धि भएको, मुल्यमा एकरुपता नभएको तथा मुल्य सूचि समेत नटाँसिएको पाईएको उनले जनाईन । अनुगमनका क्रममा पाईएका कमी कमजोरीलाई सच्चाउन निर्देशन गर्नुका साथै केहि व्यवसायीलाई नगरपालिकामा उपस्थित हुन अनुगमन टोलीले निर्देशन समेत गरेको छ ।
नगरपालिकाले शुक्रबार भिमानमा अनुगमन गर्ने छ भने नगरका सबै बजार क्षेत्रमा खाद्यान्न तथा अति आवश्यक वस्तुको आपूर्ति र विक्री वितरणका बारेमा समेत अनुगमन गरिने भएको छ ।




















