
विपद व्यवस्थापनबाट खर्च हुने ३० लाख र विभिन्न योजनाहरुबाट ३५ लाख गरि ६५ लाखको कोष खडा गरेको गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताए ।
बजेट व्यवस्थापनका लागि वडा नं. ७, ६, १, २ हुदै हरिहरपुरगढीको सडक निर्माण योजनाबाट १० लाख, लोकसेवा तयारी कक्षा तालिमबाट ५ लाख, सिलाई बुनाई तालिमबाट ७ लाख, कम्प्यूटर तालिमबाट ५ लाख, ड्राइभिङ तालिमबाट ५ लाख र कर्मचारीहरूको तालिमबाट ३ लाख बजेट उक्त कोषमा हालिएको उनले बताए ।
बैठकले तत्काल राहत प्याकेज ल्याउने निर्णय गरेको छ भने कोरोना संक्रमण रोक्न लकडाउनलाई अझ सशक्त रूपमा कार्यान्वयन गर्न लागिपर्ने, व्यापक रूपमा जनचेतना मूलक कार्यक्रम गर्ने, प्रचार प्रसार गर्ने निर्णय गरेको अध्यक्ष बम्जनले बताए ।



















