सिन्धुली । सिन्धुली अस्पतालमा शनिबार थप एक जनालाई आइसोलेसनमा भर्ना गरिएको छ । कमलामाई नगरपालिका ५ का २६ बर्षिय पुरुषलाई आइसोलेसनमा भर्ना गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।
अस्पतालका डा. प्रसन्न राजभण्डारीका अनुसार उनी भारतको उत्तराखण्डबाट दुई दिन अघि मात्र सिन्धुली घर आएका थिए । उनी ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि शनिबार उपचारका लागि सिन्धुली अस्पतालमा आएका थिए ।
आइसोलेसनमा भर्ना भएका ती विरामीलाई विशेष निगरानीमा राखी उपचार गरिएको स्वाव परिक्षणका लागि काठमान्डौ केन्द्रीय प्रयोगशालामा पठाईएको डा. राजभण्डारीले बताए ।
यस अघि सिन्धुली अस्पतालमा ५ जनालाई आइसोलेसनमा भर्ना गरि उपचार गरिएको थियो । उनीहरुको स्वाव परिक्षणमा कोरोनाको रिपोर्ट नेगेटिभ आएको थियो ।



















