सिन्धुली । तपस्वी रामबहादुर बम्जनले प्रतिपादन गरेको धर्म संघ बोधि श्रवण धर्म संघले महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस प्रकोप नियन्त्रणका लागी टेवा पु¥याउन कमलामाई नगरपालिकाको विपद व्यवस्थापन कोषमा २ लाख १ सय २१ रूपैयाँ सहयोग गरेको छ ।
शुक्रबार कमलामाई नगरपालिका वडा नं. ८ पैरेमा रहेको बम्जन आश्रममा संघले उक्त रकम हस्तान्तरण गरेको हो । संघले नगरप्रमुख खड्ग खत्रीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । संघका सन्यासी गुरूमार्ग झ्याम्पा तोप्चेन गुरू मार्फत नगद हस्तान्तरण गरिएको संघका केन्द्रीय सदस्य छत्र घिसिङले बताए ।
नगरपालिकालाई कोरोना भाइरस नियन्त्रणमा सहयोग गर्न सहयोग पु¥याउने लक्ष्यका साथ उक्त रकम सहयोग गरिएको घिसिङले बताए ।





















