सिन्धुली । इजरायलमा बस्ने नेपाली अन तिमल्सिनाले सिन्धुली अस्पताललाई १० सेटोटेम पिपीई सहयोग गरेकी छिन । अनका भाई लोकमणी तिमल्सिना मार्फत उनले अस्पतालका स्वास्थ्यकर्मीका लागि पिपिई सेट पठाएकी हुन ।

उनले गतहप्ता सिन्धुली अस्पताललाई एकहजार थान माक्स, सयवटा हात धुने सावुन पठाएकी थिइन ।
तिनपाटन गाउँपालिकाको बाहुनतिल्पुङकी उनले तिनपाटन गाउँपालिकालाई पनि २ हजार ५ सय थान माक्र्स, १ हजार ७ सय हातधुने साबुन पठाएकी थिईन ।



















