सिन्धुली । सिन्धुलीमा लकडाउनको अवज्ञा गर्दै राजमार्ग तथा सदरमुकाम आसपासका क्षेत्रमा चल्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई दर्जन सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिएकामा मोटरसाइकल ५ अटो, टेम्पो ३, ट्रयाक्टर २ वटा, बोलेरो १ र २ वटा स्कुटर गरि १३ वटा सवारी साधन रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

काठमाडौं र पूर्वबाट आई सिन्धुलीमा अलपत्र परेका सवारी साधनलाई भने नाका कटाउने काम भएको प्रहरीले जनाएको छ । लामो दूरीका सवारी साधनका चालकलाई क्वारेन्टाइन राख्ने र खुवाउने समस्याले गर्दा छोड्न बाध्य भएको एसपी सिग्देलले बताईन ।



















