सिन्धुली । सिन्धुली जिल्लामा मंगलबारदेखी ३९ वेडको क्वारेन्टाईन निर्माण सम्पन्न गरिएको छ । तर सञ्चालनमा भने ल्याईएको छैन ।
क्वारेन्टाईनका लागि आवश्यक केहि पूर्वाधार र व्यवस्थापनका लागि समिति नबनेकाले सुरु नगरिएको व्यवस्थापनको जिम्मा लिएको वर्द बहादुर गणका गणपति राजीव थापाले बताए ।
नेपाली सेनाको वर्द बहादुर गण, कमलामाई नगरपालिका, नेपाल रेडक्रस सोसाईटी सिन्धुली र सिन्धुली अस्पतालको समन्वय र सहयोगमा क्वारेन्टाईन निर्माण गरिएको हो ।
कमलामाई नगरपालिकाको वडा नं. ६ शिवनगरमा रहेको भु तथा जलाधार व्यवस्थापन कार्यालय सिन्धुलीमा उक्त क्वारेन्टाईन निर्माण गरिएको हो ।




















