सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ९ भिमानमा कोरोना भाइरस सहायता कक्ष सुरु गरिएको छ । नेपाल प्रहरीले सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको हो ।

भिमान हुदै विपी राजमार्ग तथा आसपासमा आवत जावत गर्ने नागरिकको स्वास्थ्य परिक्षण समेत गरिन थालिएको छ ।
ग्वालटार स्वास्थ्य चौकी र स्थानीय प्रहरीको सहकार्यमा गोलञ्जोर गाउँपालिकाको ग्वालटारमा स्वास्थ्य सहायता कक्ष सुरु गरिएको छ । स्वास्थ्य कर्मचारी तथा हेल्थ डेस्क ब्यबस्थापनमा उक्त सहायता कक्ष सुरु गरिएको ग्वालटार स्वास्थ्य चौकी सञ्चालन तथा
ब्यबस्थापन समितिका उपाध्यक्ष ओमकुमार कार्की (गौरव) ले बताए ।



















