
महिलाहरुलाई श्रमिक महिला दिवसका बारेमा जानकारी दिदैं एकदिन विदामा बस्न र गिट्टी नकुट्न आग्रह समेत गरेका छन । श्रमिक महिलाहरु विदा र सम्मान पाएपछि खुशी समेत व्यक्त गरेका छन ।
उनले युवा उमेरदेखि ६५ वर्ष नाघेका ६३ जना महिलाहरुलाई सम्मान गरेका छन । महिलाहरुलाई गिट्टी कुटिरहेकै ठाउँमा पुगि उनीहरुको पारिवारीक, आर्थिक अवस्थाका साथै नगरपालिकाले गर्न थालेको मजदुरहरुको स्वास्थ्य विमाका बारेमा समेत जानकारी लिएका छन । स्वास्थ्य विमामा नसमेटिएकाहरुलाई स्वास्थ्य बिमा गर्न समेत आग्रह गरेका छन ।
यसैबीच सोहि अवसरमा २ जना गिट्टी कुट्ने पुरुषलाई समेत सम्मान गरिएको छ ।
सम्मान कार्यक्रममा सामाजिक शाखा प्रमुख सागर कुमार ढकाल, सामाजिक शाखाका वविन्द्रलाल माझी, रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठ, जिल्लामा क्रियाशिल पत्रकारहरु, इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डे लगाएतको सहभागिता रहेको थियो ।
कमलामाई नगरपालिकाले कोरोना भाईरसको संक्रमण हुने त्रासमा औपचारिक सभा, ¥यालीको कार्यक्रम भने यस अघि नै स्थगित गरेको थियो ।



















