सिन्धुली । विपी राजमार्गमा बस र कार ठोकिदा एकजनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।
सुनकोसी गाउँपालिका ५ खहरे खोलामा काठमाण्डौबाट खुर्कोट तर्फ जादै गरेको बा३ख ५७०६ नम्बरको बस र बिपरीत दिशाबाट आउदै गरेको बा२०च ३४९८ नम्बरको कार एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले बताए ।
दुर्घटनामा परि भारतको जम्मुकाश्मिर प्रदेशको लदाग घर भएका २७ वर्षिय छेवाङ गिर्मेटको मृत्यु भएको हो । उनको उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सिग्देलले बताईन ।
कारमा सवार चालक सहित ५ जना र बसमा सवार ३० मध्ये २ जना घाइते भएको र उनीहरुको उपचारका लागि उपचारको लागि खुर्कोटतर्फ पठाएको उनले जानकारी दिइन् ।
दुर्घटनामा परी महोत्तरीको बर्दिवास नगरपालिका ४ का कारका चालक धन बहादुर गोले, जम्बु कास्मीरका नेवाङ तिन्जेङ, सोही ठाउँका जिङलेट रंगेन र गिम्मेट फाल्देन गम्भिर घाईते भएका छन् । धन बहादुर, नेवाङको धुलिखेल अस्पतालमा र जिङलेट, गिम्मेट काठमान्डौंस्थित ट्रमा सेन्टरमा उपचार भईरहेको छ । बसमा सवार दुई जनालाई भने सामान्य घाउचोट मात्रै लागेकाले उनीहरु उपचार नगराई घर फर्किएका छन् ।



















