सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्री सहित ३ जनालाई सहकारी अभिनन्दन गरिएको छ । हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेड सिन्धुलीको बाह्रौं साधारणसभा तथा पाँचौ अधिवेशनका अवसरमा सहकारी र साना किसानको उत्थानका लागि योगदान दिनेहरुलाई सहकारी अभिनन्दन गरिएको हो ।

यस्तै नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड तथा साना किसान विकास लघुवित्त वित्तिय संस्थाका अध्यक्ष खेम बहादुर पाठकलाई पनि साना किसानको विकास र संरक्षणमा सहयोग गरेको भन्दै अभिनन्दन गरिएको छ ।
सहकारीका अध्यक्ष राम बहादुर विश्वकर्माको अध्यक्षता एवम् नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड तथा साना किसान विकास लघुवित्त वित्तिय संस्थाका अध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एभिन्युज टेलिभिजनका सिन्धुली सम्वाददाता शंकर सौगात, पत्रकार यम चौलागाई, पोष्टराज भण्डारी लगाएतलाई सम्मान गरिएको छ भने सफल उद्यमी राजमाया रायमाझीलाई सम्मान गरिएको छ । यस्तै सफल उद्यमीका रुपमा नगद १० हजार सहित सहकारीका सहसचिव निर्मला गौतमलाई सम्मान समेत गरिएको छ ।

यस्तै कार्यक्रममा शारीरिक अपांगता भएका जमुना पुरी, मिना कुमारी सुनुवार, रमणकुमार श्रेष्ठ, मञ्जु गौतम, शम्शेर बहादुर वाईवा लगाएतलाई सम्मान गरिएको छ । यस्तै ३३ जना सहकारीका अविभावक अभियन्ताहरु करुवाले सम्मान गरिएको छ । यस्तै उत्कृष्ट मासिक बचतकर्ता रमा बस्नेत, उत्कृष्ट बाल बचतकर्ता सुविज्ञा घिमिरे, सफल मासिक बचतकर्ताहरु होमकुमारी श्रेष्ठ, सोना श्रेष्ठ, अस्मिता श्रेष्ठ, उषामाया मंग्राती, भानुकुमारी बराल लगाएतलाई भित्तेघडीद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले सहकारीको आम्दानी, पूँजी, शेयर, बचत र त्यसको परिचालनका बारेमा सहकारीका सदस्यहरु जानकार हुन आवश्यक रहेकोे बताए । उनले सहकारीको हिसाबको पारदर्शितामा ध्यान दिन सहकारीका सदस्यहरुलाई आग्रह गरेका छन ।



















