सिन्धुली । गोलन्जोर गाउँपालीका ५ भिमसेनडाँडामा रहेको नेपाल टेलिकमको टावरमा चट्याङ पर्दा नेपाल टेलिकमको टावरमा क्षती पुगेको छ । शनिबार विहान ७ बजे पानीसंगै परेको चट्याङबाट टावरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले बताईन ।
उनका अनुसार एनटिसिमा नेटवर्क नआएपछि प्रहरी चौकी गढीको प्रहरी टोली भिमसेनडाँडामा पुगेको र टावरको उपकरणमा क्षती पुगेको भन्ने जानकारी दिएको सिग्देलले बताईन ।
नेपाल टेलिकम सिन्धुलीका बसुधरा खड्काले टावरमा चट्याङ पर्दा पुरै क्षती भएको बताए । उक्त टावरको मर्मत गर्न प्राविधिक टोली आइतबार आउने र जति सक्दो चाडो सेवा सुचारु गर्ने उनले बताए ।
टावरमा रहेको व्याट्री, ट्रान्सफर्मर लगाएतका सवै उपकरणमा क्षती पुगेको टेलिकमले जनाएको छ ।
चट्याङका कारण टावर नजिकै रहेका ५ घरमा समेत सामान्य क्षती पुगेको प्रहरीले जनाएको छ । चट्याङले गोलन्जोर गाउँपाकिा ५ का विकल थापा, नबराज थापा लगाएतको घरमा क्षती पुगेको छ ।




















