सिन्धुली । विपी राजमार्गको सिन्धुली वर्दिवास सडक खण्डमा ट्याक्टरले ठक्कर दिदा एक बालिकाको मृत्यु भएको छ । शनिबार विहान १० भिमानबाट सिन्धुलीतर्फ बालुवा बोकेर आईरहेको ना३त३८९७ नम्बरको ट्याक्टरले कमलामाई नगरपालिका वडा नं. ११ मा बालिकालाई ठक्कर दिएको हो ।

सिन्धुली अस्पतालमा सामान्य उपचारपछि उनलाई काठमान्डौ लगिएको थियो ।
उनको सुनकोशी गाउँपालिकाको रातामाटामा पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
ट्याक्टर चालक कमलामाई नगरपालिका वडा नं. ७ का २१ वर्षिय मदन स्याङ्वालाई नियन्त्रणमा लिइएको डिएसपी श्याम बहादुर खत्रीले बताए ।




















