सिन्धुली । मदिरा सेवन गरि सुनकोसी गाउँपालिका –१ टुपीडाँडामा मोटरसाईकल जलाउने तथा स्काईभेटरमा चोरी गर्ने २ जना बालकलाई प्रहरीले पक्राउ गरेको छ । सुनकोसी गाउँपालिकाका १५ वर्षिय बालक र रामेछाप मन्थली नगरपालिका–.६ का १८ वर्षिय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुले गए राती १० बजे टुपीडाँडामा मोटरसाइकल जलाउनुको साथै इस्काभेटरमा चोरी गरेका थिए । उनीहरु राती साढे २ बजे पक्राउ परेका हुन ।
स्थानीय शुक्रराम तोलाङ्गेको बा.८७ प ८८८७ न.को मोटरसाइकल पुर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
यस्तै मरीण–लालबन्दी लोकमार्ग परियोजनामा सडकमा काम गर्न ल्याईएको अनटेक्स ईस्काईभेटरमा रहेको १ थान स्पिकर र १ थान कम्बल चोरी गरेको प्रहरीले जनायो ।
उक्त सामान फेला पारी स्काईभेटरको चालकलाई जिम्मा लगाईएको प्रहरी चौकी दुम्जाले जनाएको छ ।



















