सिन्धुली । भर्जिनको स्थापना १८ औं वार्षिक उत्सवका अवसरमा सिन्धुलीको सिन्धुलीमाढीमा भर्जिन रोड सो कार्यक्रम गरिएको छ । स्थानीय कलाकारहरुको संस्था सिन्धुली कलाघरले भर्जिन रोड सो कार्यक्रम आयोजना गरेको हो ।
सिन्धुलीमाढीको वसपार्कमा गरिएको उक्त सो मा कलाघरका महिला कलाकारहरुले लोपोन्मुख खैजडी भजन, पञ्चेबाजा मार्फत सिमा अतिक्रमण विरुद्ध आवाज उठाए । उनीहरुले नेपालका सिमाको संरक्षणका लागि सरकारले वार्ता छलफल गर्नुपर्ने असमान सन्धिहरु खारेज गर्नुपर्ने लगाएतका माग समेत राखे । उनीहरुले लिपुलेक, कालापानी, लिम्पिया धुरा लगाएतका जमिन नेपाललाई फिर्ता गर्न आग्रह समेत गरेका छन ।
यस्तै कलाकारहरुले मारुनी नाच, थाली नाच, साकेला नाच, झ्याउरे नाच, दनुवार नृत्य, माझी नृत्य, नेवारी नृत्य लगाएतका लोक सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो । साथै स्थानीय कलाकारहरुले हास्यव्यंग्य प्रस्तुत गर्नुका साथै राष्ट्रिय स्वाभिमान जोगाउने र सिमा अतिक्रमण विरुद्ध जागरण जगाउने खालका साहित्य समेत प्रस्तुत भएका थिए ।
कला र संस्कृतिको संरक्षणका साथै भर्जिनको विज्ञापन समेत गरिएको उक्त कार्यक्रममा दोहोरी गीत समेत प्रस्तुत भएको थियो । भर्जिनको प्रायोजनमा शुक्रबार सिन्धुलीको भिमानमा पनि रोड सो गरिएको थियो । कलाकार एवम् सिन्धुली कलाघरका कलाकारका संयोजक सुमन थापा मगरले कार्यक्रमको नेतृत्व गरेका छन । उनले रोड सो भर्जिनको विज्ञापनमात्र गर्ने कार्यक्रम नभई कला, संस्कृतिको संरक्षणसँगै मनोरञ्जनात्मक कार्यक्रम रहेको बताए ।






















