• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

महिनावारी बार्ने चलन विरुद्ध किशोरीहरु

बिमला पाण्डे by बिमला पाण्डे
पुस ७, २०७६
in Featured, Society
0

Share via:

57 Shares
  • Facebook 57
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका ११ रानीचुरीकी पूजा थिङ (१८) ४ वर्ष अघि महिनावारी भईन । त्यतिबेला परिवारले बार्नुपर्छ भन्यो । उनले प्रतिवाद गर्ने आँट गरिनन । ३, ४ दिन घरमै महिनावारी बारेर बसिन । २ वर्षअघि जव उनी ओरेक नेपाल सिन्धुलीको सहजीकरणमा बनेको किशोरी समूहमा आवद्ध भईन तब महिनावारी बार्नु पर्दैन भन्ने कुरा थाहा पाईन ।
ओरेकले बनाएको दिपशिखा किशोरी समूहमा आवद्ध उनले महिनावारी भएका बेला बार्नुपर्दैन भन्ने कुरा सिकेपछि महिनावारी बारेकी छैनन । सिन्धुली बहुमुखी क्याम्पसमा विए दोस्रो वर्षमा पढ्दै गरेकी उनी यतिबेला आफु जस्तै किशोरी, आमाहरु, दिदीहरु, भाउजुहरुलाई महिनावारी प्राकृतिक नियम हो, बार्नु पर्दैन भनेर बुझाउँछिन । व्यक्तिगत सरसफाईका बारेमा सिकाउँछिन । किशोरीहरुलाई महिनावारी बार्न लगाएको थाहा पाउनासाथ किशाोरी समूहका साथिहरुसँग मिलेर जान्छन र अविभावकलाई सम्झाउँछन । जसका कारण गाउँमा नयाँ पुस्तामा महिनावारी बार्ने प्रचलनमा कमी आएको छ ।

उनी जस्तै सोहि गाउँकी रमा श्रेष्ठ (१७) तेह्र वर्षमै महिनावारी भईन । उनले हालसम्म महिनावारी बारेकी छैनन । उनको घरमा बार्ने चलन त थियो तर उनले बारिनन । उनका २ दिदीहरुले पनि महिनावारी बारेनन । भन्छिन, ‘हामीले नबारेपछि ममीले पनि बार्न छोड्नु भयो ।’ उनका अनुसार ममीहरु पूजा आजा र मठमन्दिर जाने बाहेक सबै काम गर्छन तर उनी र उनका दिदी बहिनीहरु भने त्यो पनि वार्दैनन ।
रानीचुरीमा रहेको उक्त किशोरी समूहमा २० जना किशोरी छन । उनीहरु र उनीहरुका परिवारमा महिनावारी बार्ने चलन नै हराई सकेको छ । कसैको घरमा महिनावारी वार्न बाध्य पारेको थाहा हुनासाथ समूहमै त्यहाँ पुग्छन, सम्झाउँछन, बुझाउँछन । तर बुढाबुढीलाई सम्झाउनै गाह्रो हुने उनीहरुको भोगाई छ । पूजा भन्छिन, ‘बुझाउन धेरै गाह्रो छ, युवा पीढिले त बुझ्छन, बुढापाकाले मान्दैनन ।’ उनको किशोरी समूहले एकवर्षमा महिनावारी बार्न बाध्य पारेका २५ जना बढीलाई महिनावारी नवार्ने अवस्थामा पु¥याएका छन ।
यस्तै अर्को समूह दुधौली नगरपालिका वडा नं. ३ निपानेमा ओरेकले नै समाज सुधार किशोरी समूह बनायो । जुन समूहका किशोरीहरुले महिनावारीबारे निकै सफलतापूर्वक काम गरेका छन । यहाँका किशोरीहरुले महिनावारी नवार्ने र यसबारे चेतना दिने काम गरिरहेका छन । किशोरी सञ्जालका शुशिला अधिकारीले अभिमुखीकरण र प्याड बनाउने तालिम पाएपछि परिवर्तन आएको बताईन । उनका अनुसार यो ठाउँमा महिनावारी बार्ने, भान्सामा नजाने, मन्दिर नजाने लगाएतका काम गर्दैनथे । आजभोली भने धेरै किशोरी तथा महिलाहरुले महिनावारी बार्न छोडेका छन । यहाँ ओरेककै सहजीकरणमा प्याड बनाउने, व्यक्तिगत सरसफाईबारे ज्ञान दिएपछि यसमा निकै सुधार पनि आएको छ ।
शुशिला भन्छिन, ‘हामी आफै प्याड बनाउँछौं, महिनावारीका समयमा हुने समस्याबारे जनचेतना जगाउँछौं, व्यक्तिगत सरसफाईबारे किशोरी तथा महिलाहरुलाई सिकाउँछौं । यसले हाम्रा पुराना मान्यता पनि फेरिएका छन ।’ उनीहरुको अभियानमा प्रगतिशिल युवा सञ्जाल, समाज परिवर्तन युवा महिला समूहले किशोरीहरुलाई साथ दिएको छ । किशोरीहरुको अभियानमा सूर्यमुखी महिला वचत तथा सहकारी संस्थाले अविभावकत्व प्रदान गरिरहेको छ ।
यी उदाहरण मात्र हुन । ओरेकले दुधौली नगरपालिकाको वडा नं. ३, कमलामाई नगरपालिकाको वडा नं. २, ९, ११ र १३ मा किशोरी समूह बनाएको छ । ती समूहलाई हानीकारक परम्परागत अभ्यासका बारेमा र लैंगिक हिंसा विरुद्धमा सहजीकरण गरिरहेको छ । जसका कारण समाज परिवर्तनमा उनीहरुले योगदान गरिरहेका छन । अझ महिनावारी बार्ने (छाउपडी) जस्तो परम्परालाई अन्त्य गर्न किशोरीहरुको अभियान प्रभावकारी बन्दै गएको छ ।
ओरेक सिन्धुलीका संयोजक सपना थापाका अनुसार किशोरीहरुमा महिनावारी र व्यक्तिगत सरसफाई प्रभावकारी बनेको छ । यस्तै उनीहरुले बालविवाह, महिला हिंसा, घरेलु हिंसा, मदिरा विरुद्धको अभियान लगाएतका अभियान प्रभावकारी रुपमा सञ्चालन गरेका छन । यसले समाजमा सकारात्मक परिवर्तनहरु समेत आएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

प्रेस संगठनको प्रदेशमा सिन्धुलीका पाँचजना

Next Post

फोनिजको राष्ट्रिय भेला सुरु

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied