सिन्धुली । लैंगिक हिंसा न्युनिकरणका लागि मोवाईल पत्रकारिता पुनर्ताजकी तालिम विहिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । युएनएफपीए र सञ्चारिका समूहको आयोजनामा भएको दुईदिने तालिमको समापन सञ्चारिका समूहका अध्यक्ष नितु पन्डितले गरेकी हुन । तालिमको समापन गर्दै उनले सहभागिलाई प्रविधि, मोवाईल पत्रकारिताका माध्यमबाट महिलाका मुद्दालाई बाहिर ल्याउन सघाउ पुगेको विश्वास व्यक्त गरिन ।
पण्डितले मिडियामा महिलाको सहभागिताका साथै लैंगिक मुद्दाहरुमा संवेदनशिलताको विकास गर्नका लागि तालिमको आयोजना गरिएको बताउँदै सकारात्मक परिवर्तनमा पत्रकारहरुको उल्लेख्य भूमिका हुने बताईन ।
उनले मल्टिमिडियाको प्रयोग पछिल्लो समयमा अत्यन्त आवश्यक रहेको समेत बताईन ।
तालिममा सिन्धुली, ओखलढुंगा र उदयपुरका पत्रकारहरुको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण फोटो पत्रकार विकास कार्की र तन्नेरी चासोका नविन सिलवालले गरेका थिए ।
तालिममा मोवाईलबाट भिडियो, फोटो कसरी खिच्ने ? सम्पादन कसरी गर्ने ? लगाएतका विषयबारे प्रशिक्षण दिईएको थियो ।





















