सिन्धुली । तीनपाटन गाउँपालिका १ बेलाघारीमा गाईवस्तुलाई खोले पकाउने क्रममा शरिरमा आगो सल्कदा एक जना महिला गम्भिर घाईते भएकी छिन ।
घाईते हुनेमा दिपाकुमारी आले रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । विहिवार विहान गाईवस्तुलाई खोले पकाउने क्रममा आलेले लगाएको सारीमा आगो सल्किएर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले बताए ।
उनको बेलघारी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।




















