सिन्धुली । जिल्लामा ४४ जना एचआईभी संक्रमितहरु फेला परेका छन । संक्रमित मध्ये ३८ जनाले सिन्धुली अस्पतालमा रहेको एआरटी सेन्टरबाट औषधि सेवन गरिरहेका छन ।
एचआईभि संक्रमितहरुका हेरचाहमा काम गरिरहेको संस्था सिन्धुली प्लसले विहिबार सिन्धुलीमाढीमा गरेको समन्वयात्मक बैठकमा संस्थाका संस्थाकी सचिव दिलकुमारी तामाङले यस्तो जानकारी दिएकी हुन ।
कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा भएको समन्वयात्मक वैठकमा सिन्धुली प्लस संस्थाकी कार्यक्रम संयोजक मिना मगरले संस्थाले गरेको कामको विवरण प्रस्तुत गर्दै यस्तो बताएकी हुन ।
जिल्लाका सरोकारवालाको उपस्थितिमा भएको बैठकमा वोल्दै उपप्रमुख देवकोटाले एचआईभि संक्रमितहरुलाई जीविकोपार्जनसँग जोडी समाजमा खुलेर आउन सक्ने वातावरणको सृजना गर्न नगरपालिकाले सहयोग गर्ने बताईन ।




















