सिन्धुली । तीनपाटन गाउँपालिका वडा नं. ११ स्याङतीमा बोलेरो दुर्घटना हुदा ८ जना घाइते भएका छन । तिनपाटन गाउँपालिका वडा नं. ७ कालिमाटीबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको रातो प्लेटको बोलेरो दुर्घटना भएको हो । घाईतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारको लागी सिन्धुली अस्पतालतर्फ पठाइएको गाउँपालिका उपाध्यक्ष पदममाया तामाङले बताईन ।
उक्त बोलेरोमा १३ जना यात्रु रहेको तर दुर्घटनाको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले बताए ।
उक्त क्षेत्रमा धेरै जसो रातो प्लेटका सवारी साधनले भाडामा मानिसहरु ओसार पसार गर्दै आएका छन । ७ जनालाई चोटपटक लागेकोमा ४ जनालाई सिन्धुली अस्पताल ल्याउदै गरेको र अन्य स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर फर्किएको थापाले बताए ।




















