सिन्धुली । सरकारले सुनकोशी मरिन बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरि बजेट विनियोजन गरेको छ । यससँगै अब राष्ट्रिय गौरवका आयोजनाको संख्या २२ पुगेको छ । आगामी वर्षका लागि यो आयोजनालाई २ अर्ब ८ करोड बजेट छुट्याइएको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷०७७ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन । आयोजनाले मध्य तराईका बारा, रौतहट, महोत्तरी र सर्लाही जिल्लाका २२ हजार हेक्टर सुख्खा जमिनमामा सिंचाई सुविधा दिने गरी डिपिआर तयार भएको छ ।
सुनकोशी नदीमा बाँध बानी १३ किलोमिटर लामो सुरुङ मार्फत् सिन्धुलीकै मरिणखोलामा पानी झारि ४३ मेगावाट विद्युत समेत उत्पादन गरिने छ । सिन्धुलीको सुनकोशी गाउँपालिका– ६ को सितलपाटी खाल्टेमा बाँध बनाएर सुरुङ मार्फत कमलामाई नपाको वडा नं. २ कुसुमटार नजिकै मरिण खोलामा पानी खसालिनेछ ।




















