सिन्धुली । सुनकोशी गाउँपालिका वडा नंं ५ को परेवाडाँडामा विवाह मण्डपबाटै बालविवाह रोकिएको छ । सुनकोशी बालक्लव र रातमाटा प्रहरी चौकीको सक्रियतामा बाल विवाह रोकिएको हो ।
विवाह गर्नका लागी केटिको उमेर नपुगेका कारण विवाह दुई वर्ष पछि अर्थात नेपाल सरकारले तोकेको उमेर २० बर्ष पुगेपछि मात्र विवाह गर्ने सहमति पछि विवाह रोकिएको हो ।
रामेछापको मन्थली नगरपालिका २ का २१ वर्षिय मीन बहादुर रसाइली र सुनकोशी गाउँपालिका ५ की १८ वर्षिया सिर्जना बि.क बिच हुँदै गरेको विवाह रोकिएको बालक्लव संजालका अध्यक्ष प्रदिप माझिले बताए । दुवै पक्षबीच उमेर पुगेपछि मात्र विवाह गर्ने सहमतिपत्रमा हस्ताक्षर भएपछि विवाह रोकिएको छ ।
यहि वर्षमा यो गाउँपालिकामा ५ वटा बालविवाह बालक्लब तथा बालसञ्जालहरुको सक्रियतामा रोकिएको छ ।




















