सिन्धुली । शैक्षिक सत्र सुरु भएको झण्डै एक महिना हुन लाग्दा समेत जिल्लाको हरिहरपुरगढी गाउँपालिकाका विद्यालयहरुमा नयाँ पाठ्यपुस्तक पुग्न सकेको छैन । गाउँपालिकाले नयाँ पाठ्यपुस्तक खरिदका लागि रकम निकासा दिन नसक्दा किताब अभाव भएको गाउँपालिकाले जनाएको छ ।
पाठ्यपुस्तक खरिद गर्न सम्बन्धित विद्यालयलाई रकम निकासा नदिँदा गाउँपालिका भरका विद्यार्थीले नयाँ पुस्तक पाउन नसकेका हुन् । नयाँ पाठ्यपुस्तक नहुँदा गाउँपालिकाका ५२ वटा विद्यालयका ११ हजार बढी विद्यार्थीको पढाई प्रभावित भएको छ ।
वैशाख २ गतेबाट नयाँ शैक्षिक शत्रका लागि विद्यालय खुलेका भए पनि समायोजनका कारण कर्मचारी अभाव हुन गई पाठ्यपुस्तक खरिद गर्न नसकिएको लामाले बताए । उक्त गाउँपालिकामा प्राथमिक विद्यालय ३६, निम्न माध्यमिक विद्यालय ८ र माध्यमिक विद्यालय ८ गरी ५२ ओटा सामुदायिक विद्यालय छन् ।
नयाँ शैक्षिक शत्रका लागि चैत्र अन्तिमसम्म सबै विद्यालयमा नयाँ पाठ्यपुस्तक पुगिसक्नुपर्ने हुन्छ । गाउँपालिकामा लेखा अधिकृत, लेखापाल र शिक्षा शाखाका अधिकृत तीनैजना कर्मचारी नहुँदा किताब खरिद गरेर ल्याउन नसकेको गाउँपालिकाका अध्यक्ष कार्साङ लामाले बताए । वैशाख २ गतेबाट नयाँ शैक्षिक शत्रका लागि विद्यालय खुलेका भए पनि कर्मचारी समायोजनका कारण कर्मचारी अभाव हुन गई पाठ्यपुस्तक खरिद गर्न नसकिएको लामाले बताए ।
उक्त गाउँपालिकामा प्राथमिक विद्यालय ३६, निम्न माध्यमिक विद्यालय ८ र माध्यमिक विद्यालय ८ गरी ५२ ओटा सामुदायिक विद्यालय छन् । गाउँपालिकामा लामो समयदेखि लेखा अधिकृत आएका छैनन् । गाउँपालिकामा लेखा र शिक्षा शाखाका कुनै पनि कर्मचारी छैनन ।
गाउँपलिकाको शिक्षा शाखा तत्कालीन शिक्षा कार्यालयले खटाएका श्रोत व्यक्तिहरूबाट सञ्चालन हुँदै आएको थियो । तर, सरकारले आरपीहरूलाई फिर्ता बोलाएपछि अर्को कर्मचारी पठाउन सकेको छैन ।
लेखा अधिकृत नहुँदा गाउँपालिकामा पाठ्य पुस्तकसँगै र विद्यार्थीहरूलाई दिइने दिवा खाजाको रकम समेत भुक्तानी दिन नसकेको उनले बताए । आफ्नो गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बाहेक अन्य कर्मचारी नभएको उनले बताए । उनका अनुसार गाउँपालिकाले प्रदेश तथा संघिय सरकारसँग कर्मचारी माग गरेको भए पनि उपलब्ध हुन सकेको छैन ।



















