सिन्धुली । जिल्लाका तीन स्थानीय तहले प्रदेश नं. ३ को सरकारबाट एम्बुलेन्स र दमकल पाउने भएका छन । दुधौली नगरपालिकालाई प्रदेश सरकारले दमकल दिने भएको छ । प्रदेश सरकारबाट अनुदान स्वरुप मरिण र फिक्कल गाउँपालिकाले एक एक वटा एम्बुलेन्स पाउने भएका छन ।
यसैगरी प्रदेश सरकारले रामेछापको चार वटा स्थानीय तहलाई एम्बुलेन्स उपलब्ध गराएको छ । यस अघि सामाजिक विकास मन्त्रालयले तीन नम्बर प्रदेशसका सबै स्थानीय तहलाई आवश्यकता भएको ठाउँमा एम्बुलेन्स माग गर्न पत्रचार गरेको थियो ।
तीन नम्बर प्रदेश सरकारले रामेछापका मन्थली नगरपालिका, लिखु तामाकोसी गाउँपालिका, उमाकुण्ड गाउँपालिकालाई एम्बुलेन्स र दोरम्बा गाउँपालिकालाई भने एम्बुलेन्स र शव बहान दुवै उपलब्ध गराएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा चार वटा स्थानीय तहले एम्बुलन्स पाउन सफल भएका छन् । जिल्ला शव बहान भने पहिलो पटक भित्रिन लागेको छ । अहिलेसम्म जिल्लामा शव बहान नहुँदा लाश बोक्न निकै सास्ती हुदै आएको छ ।
प्रदेश सरकारले एम्बलेन्स खरिद गर्नको लागि बजेट उपलब्ध गराउने र एम्बुलेन्सको सञ्चालन र व्यवस्थापन स्वंय स्थानीय सरकारले नै गर्नुपर्ने सामाजिक विकास मन्त्री युवराज दुलालले बताए ।



















