बलबिर भुजेल
सिन्धुली । गोलन्जोर गाउँपालिका को गत चैत्र २९ गतेदेखि चलेको ०७५÷७६ को दोस्रो गाउँसभामा नेपाल कमन्युष्ट पार्टी निकट जनप्रतिनिधिले राखेको मागको ब्यवस्ता गर्दै बहुमतको दम्भ देखाएर एकलौटी निर्णय गर्दै गाउसभा चालेको र प्रतीक्षा को मागेको सुनुवाइ नभए पछि सभा बहिष्कार गरेको थिए । त्यसैको अनुरुप नेकपा गोलन्जोर गाउँ कमिटीले २ घण्टा गाउपालिकामा धर्ना सहित कामकारबाहीमा अवरोध गरेर सांकेतिक बिरोध जनाएको छ ।
गोलन्जोर गाउँपालिका सिन्धुलीले प्रदेश तथा संघ बाट प्राप्त योजना सम्झौता नगरेको,गाउँपालिकाको नाममा गाडी खरिद नगरी आफ्नै श्रीमतीको नामको भाडा लिएर आर्थिक अनिमियता गरेको,फर्जी बिल बनाएर रसिद काटेको,गाउँ सभालाई छलेर आदेश मार्फत बजेट बितरण गरेको,महालेखा परीक्षकले दिएको अडिट प्रतिवेदन सार्वजनिक नगरेको, राजश्वको यथार्थ हर हिसाब सार्वजनिक नगरेको ,शिक्षक नियुक्ती एवं शिक्षा सुधार सम्बन्धि स्पस्ट योजजा नभएको , सहकारी ऐन निर्माणकार्यमा ढिलासुस्ती गरेको लगायत मागहरु छन ।
यी मागहरु सात दिन भित्रमा सम्बोधन नभएमा अन्यथा संघर्ष अझ सशक्त हुने र त्यसको क्षेती गाउपालिका ले बेहोर्नु पर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोलन्जोर गाउँ कमिटी अध्यक्ष कुमार पोख्रेल (केपी) र सचीव रेगन थापा द्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
हेर्नुहोस् विज्ञप्ती






















