सिन्धुली/ट्राफिक प्रहरीको सक्रियतामा शुक्रबार सवारी चालकको स्वास्थ्य जाँच गरिएको छ । १ सय ८८ जनाको चालक र सहचालकको स्वास्थ्य जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटना न्युनिकरण गर्न भन्दै ट्राफिक प्रहरीले सवारीका चालक र सहचालको आँखा, व्लडप्रेसर जाँच गरेको हो ।
विपी राजमार्गमा चल्ने सवारी साधनहरुलाई लक्षित गरि कमलामाई नगरपालिकाको चियाबारीमा स्वास्थ्य जाँच गरिएको थियो ।
जसमा २५ जनामा ब्लडप्रेसर उच्च रहेको, १७ जनामा कमी रहेको, १७ जनामा आँखाको सामान्य समस्या रहेको र १४ जनालाई भने औषधि वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका रामेश्वर पाण्डेले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको आयोजना कमलामाई नगरपालीका सिन्धुली, नेपाल रेडक्रस सोसाईटि सिन्धुली र सिन्धुली अस्पतालको सहयोगमा स्वास्थ्य जाँच गरिएको उनले बताए । यो दोस्रोपटक गरिएको स्वास्थ्य जाँच हो । यस अघि २ सय १८ जनाको स्वास्थ्य जाँच गरिएको थियो ।




















