सिन्धुली । नेपाल पत्रकार महासंघ अव प्रत्यक्ष निर्वाचन प्रणालीमा गएको छ । पोखरामा फागुन ९ र १० गते सम्पन्न साधारणसभा तथा विधान अधिवेशनले विधान परिवर्तन गरि प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने निर्णय पारित गरेको हो । यस्तै पत्रकार महासंघलाई ट्रेड युनियनमा दर्ता गर्ने समेत साधारणसभाले निर्णय गरेको छ ।
साधारणसभा तथा विधान अधिवेशनले महिला उपाध्यक्ष अनिवार्य गरेको छ भने सदस्यमा १ जना महिला सदस्य थप गरेको छ । यसअघि महिला सचिव सुनिश्चित थियो भने ३ जना महिला सदस्य सुनिश्चित थियो ।
नेपाल पत्रकार महासंघले राष्ट्रिय परिषद र प्रदेश परिषदको व्यवस्था र त्यसमा समावेशिताको सुनिश्चितता समेत गरेको महासंघका सचिव उदय जिएमले जानकारी दिएका छन ।
महासंघ प्रत्यक्ष निर्वाचन प्रणालीमा गएसँगै सभासदको औचित्य सकिएको छ । साथै नेपाल पत्रकार महासंघका तीनवटै तहका निर्वाचनमा एकैपटक आफु सदस्य रहेको स्थानबाट भोट हाल्न सकिने छ ।




















