सिन्धुली/स्वतन्त्र विद्यार्थी यूनियन सिद्धज्योति शिक्षा क्याम्पसले व.एड् प्रथम वर्षका नव आगन्तुक विद्यार्थी तथा १८ महिने भेटेरीनगरी जे.टि.ए. का विद्यार्थीहरुलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ ।
स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष दिपेन्द्र फुयालको अध्यक्षता तथा क्याम्पसका ज्येष्ठ प्राध्यापक फाल्गुणी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यता तथा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष पुरुषोत्तम अधिकारी र क्याम्पस प्रमुख अर्जुनकुमार दाहालको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सिद्धज्योति शिक्षा क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीको उपस्थिती रहेको थियो । कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुलाई अविर र मायाको चिनो प्रदान गरेर स्वागत गरिएको थियो । कार्यक्रममा सम्झना भोलनले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् ।



















