सिन्धुली । दश वर्षकी बालिकालाई बलत्कार गर्ने एक युवक घटनास्थलबाटै पक्राउ परेका छन् । दुधौली घर भएका २३ वर्षिय युवकलाई आईतबार प्रहरीले पक्राउ गरेको हो ।
कमलामाई नगरपालिका वडा नं. ४ स्थित ग्वाङ्खोलामा नुहाउन गएकी बालिकालाई बलत्कार गर्दै गर्दा माछा मार्न गएका व्यक्तिले देखि बालिकाको उद्धार गरि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आईतबार दिउँसो पौने १ बजेतिर घटना घटेको हो । एक युवकले घटना घटाएको र अर्का एक युवकले घटनाको भिडियो खिचिरहेको पाईएको स्थानीयले जनाएपछि भिडियो खिच्ने व्यक्तिका बारेमा प्रहरीले केहि उल्लेख गरेको छैन ।
घटनापछि उद्धार गरि बालिकाको सिन्धुली अस्पतालमा स्वास्थ्य परिक्षण गरि परिवारको जिम्मा लगाईएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक उज्ज्वल कार्कीले प्रेस विज्ञप्ती जारी गर्दै घटनाको पुष्टि गरेका छन् ।




















