सिन्धुली । नेपाली चेली अर्थात सृंखला खतिवडाले चिनमा भएको विश्वसुन्दरी प्रतियोगितामा भाग लिएर नेपाललाई विश्वसामु चिनाउन गरेको प्रयासलाई सम्मान गर्दै सिन्धुलीका कलाकार विश्वम्भर लामिछानेले उनको चित्र जराकलामा उतारेका छन । उनले शुक्रबार तयार गरिएको कलालाई फेसबुक वालमा सार्वजनिक गर्दै सृंखलाको सम्मानमा उक्त कला बनाएको जनाउँदै स्टाटस लेखेका छन ।
उनले स्टाटसमा भनेका छन, ‘हाम्रो नेपालबाट पनि हिमालय पर्वतकी छोरी सृंखला खतिवडाले ताज नल्याए पनि भाग लिएर आईन । नत कसैले ताली बजाए न सम्मान नै ।’ उनले थपेका छन, ‘म बबुराले पनि के नै पो गर्न सक्थेंर, सुपारीका पारखीले नपाउँदा मकैको गेडो चपाएझै मैले पनि केहि गर्न नसक्दा रुखको जरामा विश्व सुन्दरी खोज्ने प्रयास गरे ।ं’
उनले सृंखलालाई विश्व सुन्दरी नै भनेका छन । उनको कलामा पनि ताज पहिरिएको देखाईएको छ । लामिछानेले आफुले यति कला बनाएर मात्रै चित्त बुझाएको पनि स्टाटसमा खुलाएका छन । उनले उक्त कला ढिलै सार्वजनिक गरेको पनि उक्त स्टाटसमा लेखेका छन ।




















