सिन्धुली । किशोरीमाथि बलत्कारको आरोप लागेका दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी पक्राउ परेका छन् । उनलाई बालिका बलत्कार गरि बच्चा समेत जन्मिएपछि उजुरी पीडित पक्षले उजुरी गरेको थियो ।
उजुरी परेको १० महिनापछि उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी सुर्यप्रकाश सुवेदीका अनुसार अधिकारीलाई मंगलबार पक्राउ गरिएको हो । मंगलबार नै सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको डिएसपी सुवेदीले जानकारी दिएका छन् ।
गत वैशाखमा उनीविरुद्ध १८ वर्षकी किशोरीले जाहेरी दिएकी थिइन् । किशोरी १७ वर्षको उमेर हुँदा बलत्कारमा परेर उनलाई गर्भवती बनाएको र किशोरीले बच्चा समेत जन्माएकी जाहेरीमा उल्लेख छ ।
किशोरीलाई दुधौली नगरपालिकाकै एक होटलमा कार्यरत रहँदा मेयर दनुवारले पटक पटक लोभ लालच र प्रलोभनमा पारी बलत्कार गरेको र बच्चा समेत जन्मिएको भन्दै उजुरी परेको थियो ।
किशोरीले गत फागुनमा बच्चा समेत जन्माइसकेकी छन् । शिशु जन्मिएपछि घटना सार्वजनिक भएको थियो ।





















