सिन्धुली । नेपाल लाईफ इन्सुरेन्स सिन्धुली शाखाले एमडिआरटि विजेता अभिकर्तालाई सम्मान गरेको छ । बुधबार शाखाको कार्यालयमा सन् २०२६ का लागि छनौट भएका एमडिआरटी (मिलिनियन डलर राउण्ड टेबल) गिता कार्की र बेल बहादुर वसेललाई सम्मान गरिएको हो ।
शाखाका कर्मचारी, अभिकर्ताहरु लगाएतले संयुक्त रुपमा उनीहरुलाई सम्मान गरेका छन् । कमलामाई नगरपालिका वडा नं. ५ की कार्की सन् २०२१ देखि निरन्तर एमडिआरटि भएकी छिन् भने कमलामाई नगरपालिका वडा नं. ६ का बसेल सन् २०२१ देखि कै एमडिआरटि हुन् । वसेल सन् २०२४ मा एमडिआरटि बन्न सकेका थिएनन् ।
दुवै जनाले मिलिनियन डलर राउण्ड टेबलमा छनौट भएपछि विश्व स्तरीय अन्तर्राष्ट्रिय अभिकर्ताहरुको विश्व सम्मेलनमा सहभागि हुने र सम्मानित हुने मौका समेत पाएका छन् ।
नेपाल लाईफ इन्स्युरेन्सको सिन्धुली शाखामा कार्यरत कार्की र बसेलले २०२६ को अगस्त २३ देखि अगस्त २६ सम्म अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने एमडिआरटी एचिभरहरुको विश्व सम्मेलनमा सहभागि हुने छन् ।
उक्त सम्मेलनमा विश्वका एमडिआरटी मापदण्ड अनुरुप लक्ष्य पुरा गर्ने विभिन्न जीवन बिमा कम्पनीका अभिकर्ताहरुको संयुक्त भेला हुन्छ । सम्मानित भएपछि कार्की र वसेलले विमित, अभिकर्ता र शाखाका कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।





















