• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, November 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

विपन्न नागरिक उपचार कोष स्थापना गर्न सिन्धुली महोत्सव गरिने

बिमला पाण्डे by बिमला पाण्डे
पुस २३, २०८२
in Business, Featured, News, Province 3
0

Share via:

47 Shares
  • Facebook 47
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली अस्पतालमा उपचारका लागि आउने विपन्न नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहयोग गर्ने गरि विपन्न नागरिक उपचार कोष स्थापना गर्न सिन्धुली महोत्सव २०८२ आयोजना गरिने भएको छ । माघ ९ गतेदेखि १९ गतेसम्म सिन्धुलीमाढीको खुल्लामञ्चमा महोत्सवको आयोजना गरिने भएको हो ।

महोत्सवको टिकटबाट उठेको रकम र सहयोगदाताहरुबाट संकलित रकमबाट उद्योग वाणिज्य संघमा रहने गरि कोष स्थापना गरिने भएको बुधबार सिन्धुली उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ । कोष सञ्चालनका लागि कार्यविधि समेत निर्माण भईसकेको संघले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

पचास लाखसम्मकोे कोष स्थापना गर्ने उद्योग वाणिज्य संघले जनाएको छ । वडाबाट सिफारिस भई सिन्धुली अस्पतालमा उपचारका लागि आएका विपन्न नागरिकलाई सिन्धुली अस्पतालको सिफारिसमा प्रति विरामी ५ हजारसम्म सहयोग गर्ने गरि कोष सञ्चालनको कार्यविधि निर्माण भएको सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले पत्रकार सम्मेलनमा बताए ।

सिन्धुली महोत्सव २०८२ को पहिचान, सम्मुनत र समृद्ध सिन्धुली हाम्रो पहिचान भन्ने नाराका साथ आयोजना हुने महोत्सवको दुई लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ ।

सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुली र कमलामाई नगरपालिकाको कार्यालय, सिन्धुलीको संयुक्त आयोजनामा गर्न लागिएको उक्त महोत्सवमा २७ लाख नाफा हुने संघको अनुमान रहेको छ । महोत्सवमा १ करोड १९ लाख ४५ हजार आम्दानी हुने र ९१ लाख ५५ हजार खर्च हुने अनुमान संघको रहेको छ ।

सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले महोत्सवमा स्थानीय कला, संस्कृति, स्थानीय उत्पादनलाई प्राथमिकतामा राखिने बताएका छन् । लगानीमैत्री वातावरण बनाउन, औद्योगिक क्षेत्रको पहिचान गर्न, कृषि व्यवसायमा आधुनिक प्रविधि भित्राउन र पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचारप्रसार गर्नका लागि महोत्सव महत्वपूर्ण हुने श्रेष्ठले पत्रकार सम्मेलनमा बताए ।

महोत्सवमा ३ सय बढी स्टलहरु रहनेछन् । बाल उद्यान, व्यापार, जातिय विविधता र झाँकीहरुको प्रदर्शनीहरु, सांस्कृतिक कार्यक्रमहरु, ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती, विभिन्न सांस्कृतिक प्रतियोगिताहरु, सर्कसहरु, लोपोन्मुख खैजडी भजन, रत्यौली लगाएतका प्रतियोगिताहरु महोत्सवका आकर्षण रहने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

महोत्सवमा सुरक्षा चुनौती कम गर्न सुरक्षाको उचित प्रवन्ध गरिने, विद्युत तथा शौचालयको प्रवन्ध गरिने, एम्बुलेन्स तथा प्राथमिक स्वास्थ्य केन्दहरुको व्यवस्था, सिसि क्यामेराको व्यवस्था तथा फ्रिवाईफाईको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा टिकटको दर समेत निर्धारण गरिएको छ । ६० रुपैंया प्रतिव्यक्ति टिकट कायम गरिएको छ । जेष्ठ नागरिक र पूर्ण अपांगता भएका व्यक्तिहरुले परिचयपत्र भएमा निःशुल्क महोत्सव हेर्न पाउनेछन् । उद्योग वाणिज्य संघका सदस्यहरुले निःशुल्क प्रवेश पाउनेछन् । यस्तै विद्यार्थी र एकल महिलाहरुलाई परिचयपत्र भएमा ४० रुपैंयामा टिकट लिन पाउनेछन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एमडिआरटी विजेता अभिकर्तालाई सम्मान

Next Post

टंकमायाको हत्यामा संलग्न दुई जना पक्राउ

सम्बन्धित खबरहरु

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied