सिन्धुली । तीनपाटन वहुमुखी क्याम्पस भिमस्थानको १८ औं वार्षिक उत्सव समारोह विहिवार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सिन्धुलीका सदस्य दानवहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक उत्सव समारोहमा क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा हाल नेपाल सरकारको भाषा आयोगमा कार्यरत उपसचिव गोविन्द प्रसाद पौंडेललाई सम्मान गरिएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष हेम वहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पसमा अध्ययनरत प्रथम वर्ष, द्वितिय वर्ष, तृतिय वर्ष र चौथो वर्षमा अध्ययन गरी कक्षा प्रथम हुने चारजना छात्राहरु र क्याम्पसमा नियमित उपस्थित भई ८० प्रतिशत भन्दा बढी हाजिरी हुने एक जना छात्रलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा क्याम्पसका संस्थापक अध्यक्ष गोकर्ण दाहाल, निवर्तमान अध्यक्ष छत्र वहादुर दाहाल सञ्चालक समितिका सदस्य द्वारिका काफ्ले लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा क्याम्पस प्रमुख धन वहादुर थापाले क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने क्याम्पसमा अध्ययनरत छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए ।





















